खेलकुद

विराटनगरद्वारा लुम्बिनीलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको हो । विराटनगरको लागि चरिथ असलंकाले अर्धसतक बनाए । उनले ४३ बलमा ६ छक्का र एक चौकाको मद्दतमा ६४ रन बनाए । यस्तै शुभम रान्जानेले नटआउट ३१, इमरान शेखले २४ र लोकेश बमले १५ रनको योगदान गरे ।

लुम्बिनीको लागि किशोर महतोले ४ ओभरमा २४ रन दिएर २ विकेट लिँदा रुबिन ट्रम्पल्म्यान र अभिशेष गौतमले समान एक/एक विकेट लिए । अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *