अर्थ

वित्तीय प्रणालीमा अधिक तरलता५० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । बाह्य अर्थन्तत्र सुदृढ भएपनि आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ७ दिनका लागि ५० अर्ब खिच्न लागेको हो ।

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापनमा नेपाल राष्ट्र बैंकलाई निकै सकश परेको छ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । राष्ट्र बैंकले ७ दिन अवधीका लागि सो रकम उठाउन लागेको हो । जसको साँवा तथा ब्याज बैंकहरुले कात्तिक २ गते फिर्ता पाउनेछन् ।

‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *