अर्थ

भरतपुर महानगरको ५ अर्ब बढीको बजेट सार्वजनिक, पूर्वाधार, कृषि र सामाजिक क्षेत्र प्राथमिकतामा

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य नेपालको सुन्दर शहरस् समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारासहित सार्वजनिक गरिएको बजेटले अधुरा आयोजना, पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ।

नगरसभाको १७औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटले शहरी विकास र सामाजिक उत्तरदायित्वलाई जोड दिइएको छ।

उपप्रमुख अधिकारीले बजेट प्रस्तुत गर्दै समावेशी र दीगो विकासका लागि यो बजेट कोसेढुंगा सावित हुनेछ भन्दै, सबै योजनाले भरतपुरवासीको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास व्यक्त गरे। समग्रमा, बजेटले योजनागत निरन्तरता, सामाजिक सुरक्षा र पूर्वाधार सन्तुलनलाई समेट्दै स्थानीय सरकारको कार्यक्षमता र योजनागत स्पष्टता देखाएको छ।

Budget

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *