अर्थ

सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौं। नेपाली बजारमा लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेको छ।

सोमबार झण्डै १६ हजारले बढेको सुन हिजो मंगलबार २ हजार ७ सयले घटेको थियो। सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ भने आज प्रतितोला ९ सयले बढेको हो।

आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *