अर्थ

भारतमा सुनको मूल्य घट्दा नेपालमा तस्करी बढ्ने सम्भावना

काठमाडौँ । छिमेकी मुलुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ ।

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ ।

बजेटमार्फत भन्सार शुुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपियाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपियाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । भारतको तुुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपियाँ महँगो छ ।

भारतमा सुनचाँदीमा भन्सार शुुल्क घट्दा त्यसको प्रभावले नेपालमा चोरी तस्करी बढ्ने व्यवसायीको भनाइ छ । सुुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा थप चोरीपैठारी बढ्ने सम्भावना रहेको बताए । भारतभन्दा नेपालमा सुनको मूूल्य महँगो हुुँदा गैरकानुुनी तबरबाट सुनको काराबोर बढ्ने हुुँदा बजारलाई धराशायी बनाउने उनको भनाइ छ । खुुला नाकासँगै नेपालमा सुनको मूल्य महँगो हुुँदा जसले पनि सुुन ल्याएर नेपालमा बिव्रmी गर्न सकिने उनले बताए ।

उनले भने , “यसले नेपाली सुुनचाँदी बजारमा प्रत्यक्ष असर पर्नुुका साथै बजारमा तस्करी बढ्ने हुुँदा सुनमा लगाउँदै आएको भन्सार शुुल्क १० प्रतिशतमा झार्न अति आवश्यक छ ।” गैरकानुुनी तवरबाट नेपालमा सुुन भित्रिँदा राजस्व सङ्कलनसमेत कम हुने उनले बताए ।

नेपालमा सुन आयातमा भन्सार शुुल्क बढ्दा सुनको मूूल्य थप उच्च भएको छ । चालु आवमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याउनुुभएको थियो । व्यवसायीका अनुसार सुनमा भन्सार दर बढ्दा तोलामा छ हजार रुपियाँले महँगो भएको व्यवसायीको भनाइ छ ।

यसअघि नेपालमा संयुक्त अरब इमिरेट्स, चीन, कतार तथा हङकङलगायतका मुलुकबाट सुन तस्करी हुँदै भारत जान्थ्यो । भारतले भन्सार दर नेपालको भन्दा सस्तो बनाइदिएपछि भारतबाट सहजै तस्करी बढ्ने देखिएको व्यवसायी बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *