बैंक/ शेयर

शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्टका अनुसार आइतबार नेप्से परिसूचक ३०.७७ अङ्कले घटेर एक हजार ९३८.३५ अङ्कमा झरेको छ। आज २५९ वटा कम्पनीका ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर खरीदबिक्री भएका छन्।

जसबाट एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय रुपैयाँ बराबरको कारोबार भएको छ।  आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १७३.३४ र उत्पादन समूहको उपसूचक १४२.४५ अङ्कले घटेको छ ।

त्यस्तै, ब्यांकिङ समूह १२.०८, विकास ब्यांक समूह २९.४०, वित्त समूह २९.६९, होटल तथा पर्यटन समूह ६८.१० र जलविद्युत् समूह ५३.०४ अङ्कले घटेको छ।लगानी समूह १.०८, लघुवित्त समूह ८८.९०, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा समूह ६३.९५, व्यापार समूह ७.८२ र अन्य समूह २७.७५ अङ्कले घटेको छ।

आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै हिमालय डिस्टिलरी लिमिटेडको आठ करोड ४४ लाख १८ हजार ४५२ बराबरको कारोबार भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *