अर्थ

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *