अर्थ

नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको (नयाँ नोट) को व्यावस्था मिलाएको छ । भदौ २६ गतेदेखि केन्द्रीय बैंकले बजार नयाँ नोट पठाउने तयार िगरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट भदौ २६ गतेदेखि उपलब्ध गराइने तयारी भए पनि आधिकारिक रुपमा निर्णय भइनसेको राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।

‘यो वर्ष चाडपर्वलाई केन्द्रित गरेर नेपाल राष्ट बेङ्कले प्रयाप्त नयाँ नाट उपलब्ध गराउने व्यावस्था मिलाएको उनको भनाइ छ । बजारको माग अनुसार नोटको वितरण हुने भएकाले नेपालले ‘१० अर्ब छुट्याइएको छ । यही मात्राले मात्र बजारको माग धान्न नसेके पुनः व्यावस्था मिलाउने व्यावस्था मिलाउने जनाएको छ ।
विगतका वर्षहरुमा बैंकले रु. ५, रु. १०, रु.२०, रु.५० र रु.१०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।

गएको वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा उपलब्ध गराएको थियो । विगतका वर्षमा भनmे बैङ्कले सिमा निर्धारण गरेर प्रतिव्यक्ति नोट सटहीको अधिकतम दर १८ हजार ५०० रुपैयाँ तोकेको थियो । तर यस वर्ष भने नयाँ नोट वितरणको सिमा नतोकिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *