काठमाडौं । यसवर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने भएको छ ।
मौद्रिक नीति सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्र बैंकले शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।
सञ्चालक समितिको बैठकपछि शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको छ ।




