अर्थ

बैंक तथा वित्तिय संस्थामा पनि आइतबार विदा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा आइतबार पनि विदा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ ।

सरकारले सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जेठ १ गतेबाट लागू हुनेगरी शुरु गर्न लागिएको सातामा दुई दिन विदा परीक्षणका लागि भएको सरकारी भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *