बैंक/ शेयर

लक्ष्मी बैंक र भारतको आइसीआइसीआई बैंकबीच एमओयूमा हस्ताक्षर

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरु विस्तार गर्ने सम्झौता सम्पन्न छ ।

सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले आदानप्रदान गरेका छन् ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तरबैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने बैंकले जनाएको छ ।

यसका साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *