अर्थ

७ महिनामा १० खर्बभन्दा बढी व्यापार घाटा (विवरणसहित)

काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक वर्षको सात महिनामा नेपालको व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएकोमा यस अवधिमा १ खर्ब ३१ अर्ब ६५ लाख ६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ ।

चालु आर्थिक वर्षको साउनेदखि माघसम्म आइपुग्दा नेपालको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा यस वर्षको उक्त अवधिमा भने १२ खर्ब ७९ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबर पुगेको विभागले जनाएको छ ।

सार्वजनिक तथ्यांक अनुसार नेपालमा १ सय ४५ मुलुकबाट आयत भएकोमा सबैभन्दा बढी आयत भारतसँग गरिएको छ । सात महिनमा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको आयत भएको छ । यसैगरी निर्याततर्फ भने उक्त अवधिमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ भएको छ ।

नेपालमा १ सय ४५ मुलुकाबाट आयत गर्दा भारतसँग मात्रै ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा ब्यहोरेको छ । त्यस्तै चिनसँग पनि १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा ब्यहोरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *