संखुवासभा । चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीलगायत जनप्रतिनिधिहरुले चरम अनियमितता गरेको आरोप लागेसँगै ४ दलीय गठबन्धन संयन्त्रले शुक्रबार ज्ञापन पत्र बुझाएकाे छ।
नगर प्रमुख भरत कुमार खत्री कार्यालयमा नभेटिए पछि ४ दलीय गठबन्धनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले तत्कालनि राजा पृथ्वी नारायण शाहाको भनाई घुस लिने र घुस दिने राज्यका सत्रु हुन भन्ने भनाईलाई सम्झदै ४ दलीय गठबन्धनले गरेको यस कार्यले चैनपुर नगरमा मात्रसीमित नरही जिल्ला र राष्ट्रमा समेत लागू हुन जरुरी छ भएको औल्याउदै चाडो कायन्वयन होस यसका लागि आफू सहमत रहेको बताए ।
नेपाली काँग्रेस, नेकपामा ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीकोे चार दलीय संयन्त्रले बुधबार पत्रकार सम्मेलन गरी नगरको आर्थिक अनियमितताको सार्वजनिक गरेको थियो । नेपाल सरकारको महालेखा परीक्षण प्रतिवेदनआ.व. २०७४-०७५ देखि ०७७-०७८ सम्ममा औल्याएका अनियमितता, अपचलन, बेरुजु हिमाल झै चुलिदै गएको नेपाली काँग्रेसका जिल्ला सचिव कुमार बाबु अधिकारले बताए ।

‘नागरीकबाट असुल गरेको करको दुरुपयोग गरी चैनपुर नगरपालिकाभित्र देखिएको आर्थिक अनियमितता, वेथिति, भ्रष्टाचार कुशासन तुरुन्त बन्द गरी महालेखा परीक्षण प्रतिवेदन अनुसार जो–जे तिर्नु , बुझाउनु, असुल उपर गर्नुपर्ने अपचलन गरी खाइमासी गरेको पुष्टि भएकाले यथाशीघ्र नागरीक समक्ष सार्वजनीक सुनुवाई गरी दाखिला गरियोस’दलले बुझाएको ज्ञापन पत्र माउल्लेख छ ।
नेपाली काँग्रेसका नगर प्रमुख एवं गठवन्धन संयन्त्रका संयोजक शंकरमान कँडेल,नेकपा माओवादी केन्द्रका डम्बरबादुर अधिकारी, नेकपा एकिकृत समाजवादीका बाबुराम कँडेल, जनता समाजवादी पार्टी नेपालका कविराज राईद्वारा हस्ताक्षरित ज्ञापन पत्र पार्टीका जिल्ला कार्यसमिति, जिल्ला प्रशासन कार्यालय खाँदवारी, जिल्ला समन्वय समिति संखुवासभामा समेत ज्ञापन पत्रको वोधार्थ बुझाएको संयोजक शंकरमान कँडेलले बताए ।
ज्ञापन पत्रका साथमाआ.व २०७४-०७५ देखि हाल सम्म चैनपुर नगरपालिकाको नेतृत्वले गरेका अनियमितताका सम्बन्धमा यथाशीघ्र कार्वाहीको मागगर्दै ४ दलीय गठबन्धन संयन्त्रद्वारा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको आर्थिक अनियमितताको विवरण समेत संलग्न गरेको गठबन्धन संयन्त्रका संदस्य एवं नकपा एसका नेता बाबुराम कडेलले जानकारी दिए ।





