काठमाडौं । ग्लोबल आइएमई बैंक स्थापनाको १६ औँ वर्षमा प्रवेश गरेको छ ।
१५ वर्ष पुगेका अवसरमा भएको कार्यक्रममा अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकले ‘उत्कृष्ट बैंकिङ्ग सबैका लागि’ भन्ने नाराका साथ आफ्नो स्थापनाको १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए ।
१५ औं वार्षिकोत्सवका अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई १५ वर्षे कोशेढुङ्गा पार गरेकोमा सम्मान गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै लगेको बताए ।
बैंकको ३३ दशमलव ७५ अर्ब रुपैयाँ शेयरधनी कोष, २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
७६ जिल्लामा २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा ३ हजार २०० भन्दा बढी कर्मचारी तथा २७ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो ।




