अर्थ

अवरुद्ध डुमे्र–बेँसीशहर सडक एकतर्फी सञ्चालन

दमौली । सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बँेसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।

उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ । “दुईतर्फी रुपमा बाटो सुचारु गराउन केही समय लाग्ने देखिएको छ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *