अर्थ

आईपीओ विक्री गर्न रू रू जलविद्युतले धितोपत्र बोर्डबाट पायो अनुमति

काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडले सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते बोर्डको अनुमति पाएको हो ।

कुल कित्तामध्ये ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्नेछ । कम्पनीले स्थानियलाई प्रतिकित्ता रू. १०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. १२० मा आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीलाई सर्वसाधारणमा प्रतिकित्ता रू. २० प्रिमियम थप गरेर आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *