अर्थ

सामलिङ्ग पावरले आईपीओ विक्री गर्न

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता आईपीओ विक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानिय र अन्य सर्वसाधारणका लागि उक्त आईपीओ विक्री गर्ने भएको हो । कम्पनीले माघ ५ गते बोर्डमा निवेदन दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाईनै शेयर रजिष्ट्रारमा कम्पनीले यस अघिनै नियुक्त गरेको हो ।

सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *