अर्थ

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नृका लागि बोर्डबाट माघ २ गते अनुमति पाएको हो । अनुमति पाएसँगै अब कम्पनीले ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले जसमध्ये स्थानिय बासिन्दाका लागि निष्कासन गरी नबिकेको १६ लाख ९६ हजार ४०० कित्तासमेत गरेर कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *