अर्थ

विश्वमा कसको आर्थिक वृद्धिदर कति ?

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैको अर्थतन्त्र बर्बाद भएको छ । नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव गम्भीर देखिएको छ ।

यसवर्ष चीनको बाहेक अन्य देशहरूको अर्थतन्त्रमा नसोचेको क्षति पुगेको छ । कोभिड–१९ को असर भारतलाई गम्भीर रुपमा परेको छ । उठ्दै गरेको भारतको अर्थ बजार फेरि ठप्प हुने अवस्थामा पुगेको छ ।

 

 

हालै वल्र्ड इकनमि आउटलुक, आईएमएफले सन् २०२०–२१ को कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ । आईएमएफ का अनुसार सन् २०२०–२१ मा भारतको जीडीपी वृद्धिदर –१०.३० प्रतिशत रहने अनुमान गरिएको छ । बंगलादेशको जीडीपी वृद्धिदर ३.८० प्रतिशत, नेपालको २.५० प्रतिशत, म्यानमारको २ प्रतिशत, चीनको १.९० प्रतिशत, भुटानको ०.६० प्रतिशत, पाकिस्तानको–०.४० प्रतिशत श्रीलंकाको –४.६० प्रतिशत, अफगानस्तानको –५ प्रतिशत अनुमान गरिएको जीडीपी वृद्धिदर रहेको छ ।

 

 

सामाजिक सञ्जाल ट्वीटरमा यसलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मोदी सरकारप्रति कटाक्ष गरेका छन् । उनले लेखेका छन, ‘भाजपा सरकारको अर्को ठोस उपलब्धी, पाकिस्तान र अफगानिस्तानले पनि कोभिडलाई भारतले भन्दा राम्रोसँग सम्हालेका छन् ।’

 

 

 

दक्षिण एसियामा अहिलेको समयमा आर्थिक रुपमा तिव्र रुपमा अगाडि बढ्दै गरेको देशमा बंगलादेश पहिलो स्थानमा रहेको छ । भारतको सहयोगमा नै पाकिस्तानसँग अलग भएर सन् १९७१ मा बंगलादेश बनेको थियो । पछिल्ला केही वर्षहरुमा बंगलादेशको आर्थिक हैसियत नसोचेको तरिकाले बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *