अर्थ

साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने

काठमाडौं । साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यका लगायत सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायीले विभिन्‍न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *