विश्व

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

एजेन्सी । १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।

तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । 
बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ । 

देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले तिनीहरूलाई विघटन गरिएको छ’, तालिबान सरकारका उप–प्रवक्ता इन्नामुल्लाह सामगानीले रोयटर्सलाई भने ।

विघटना हुने अर्को प्रमुख विभागमा अफगानिस्तानको संविधान कार्यान्वयनको निरीक्षण आयोग  पनि छन् । १५ अगस्टमा सत्ता  कब्जा गरेपछि तालिबानले शासनमा नरम दृष्टिकोण अपनाउने संकेत गरेको थियो ।
 

Latest News

गोरखा नगरपालिकामा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस
न्युज कारखाना गोरखा, ३ जेठ गोरखा नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ । नगरपालिकामा त्रिपक्षिय… Today 12:08 pm
जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य – एमाले महासचिव पो…

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *