संकल्पखबरको समाचारप्रति कमल प्याकुरेलको आपत्ति
उपरोक्त विषयमा म, कमल प्याकुरेल, यो पत्र अत्यन्त गम्भीरताका साथ तपाईंको संस्थासमक्ष पेश गर्दछु ।
मिति २०८३ मंसिर १ मा तपाईंको संस्थाले sankalpakhabar मा ‘भेप तस्करको सेटिङमा मुस्ताङ भन्सारका प्रमुख ६ महिनामै फालिए’ शीर्षकमा एउटा समाचार प्रकाशित गर्नुभएको छ ।
उक्त समाचारमा मेरो नाम कमल प्याकुरेल — पटक–पटक उल्लेख गरी मलाई भेप तस्करीको ‘वास्तविक मालिक’ तथा ‘लगानीकर्ता’ रहेको, मुस्ताङ भन्सार प्रमुखको सरुवामा ‘सेटिङ’ गरेको, प्रहरीतर्फ ‘मिलाउने’ र मुख्य आरोपीहरूलाई पक्राउबाट जोगाउने काम गरेको, तथा उच्च प्रहरी अधिकृतहरूसँगको सम्बन्ध प्रयोग गरेकोलगायतका गम्भीर आरोपहरू लगाइएका छन् । यी सम्पूर्ण आरोपहरू पूर्णतः असत्य, निराधार र मनगढन्ते छन् ।
असत्य भएका विशेष दाबीहरू
१. म भेप तस्करी प्रकरणमा कुनै पनि रूपमा संलग्न छैन । गत जेठ १ गते कोरोला नाकाबाट भित्र्याइएको भनिएको भेपको खेप वा त्यससँग सम्बन्धित कुनै लगानी, स्वामित्व वा कारोबारसँग मेरो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध छैन ।
२. मैले मुस्ताङ भन्सार कार्यालयको प्रमुखको सरुवा गराउन वा रोक्न कुनै ‘सेटिङ’ गरेको छैन, न त यस्तो प्रयास नै गरेको छु ।
३. मैले कुनै पक्राउ वा अनुसन्धान प्रक्रियालाई प्रभावित गर्न वा कसैलाई जोगाउन प्रहरीसँग ‘मिलाउने’ काम गरेको छैन ।
४. उच्च प्रहरी अधिकृत वा उनीहरूका परिवारसँगको सम्बन्धलाई कुनै गैरकानुनी कार्यमा दुरुपयोग गरेको भन्ने दाबी पूर्णतः झुटो हो ।
५. समाचारमा मेरो विरुद्ध कुनै अदालत वा अनुसन्धान निकायको निर्णय, अभियोग वा प्रतिवेदन उल्लेख छैनस आरोप केवल ‘स्रोतको दाबी’ र ‘सूचना पाए पनि’ जस्ता अप्रमाणित आधारमा लगाइएको छ ।
६. समाचार प्रकाशन गर्नुअघि मेरो भनाइ लिइएको छैन, जुन पत्रकारिताको आधारभूत नैतिकताको उल्लङ्घन हो । साथै, समाचारमै भन्सार विभागका महानिर्देशकका रूपमा दुई फरक व्यक्तिको नाम उल्लेख हुनुले तथ्य प्रमाणित नगरी समाचार प्रकाशित गरिएको देखिन्छ ।
यस समाचारका कारण भएको क्षतिः
तपाईंको संस्थाले प्रकाशित गरेको उक्त समाचारले मेरो व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक प्रतिष्ठामा अत्यन्त गम्भीर आघात र्पुयाएको छ। नाम नखुलाइएका ‘स्रोत’ का आधारमा मात्र यस्ता गम्भीर आपराधिक आरोप लगाउनु पत्रकारिताको नैतिकताविरुद्ध मात्र नभई कानुनी रूपमा समेत दण्डनीय कार्य हो । यस समाचारका कारण मेरो सामाजिक जीवनमा तत्काल नकारात्मक प्रभाव परेको छ र मेरो परिवारले मानसिक तनाव भोगिरहेको छ ।
उक्त समाचार वेबसाइटबाट तथा फेसबुक, ट्विटर, युट्युबलगायत सबै सामाजिक सञ्जाल र सेयर लिंकबाट तत्काल र स्थायी रूपमा हटाउनुस् ।
उही वेबसाइटमा मेरो नाम उल्लेख गरी सार्वजनिक क्षमायाचना र सुधारात्मक समाचार उही स्थान र प्रमुखतासहित प्रकाशित गरियोस् ।
मलाई लिखित रूपमा माफी तथा असत्य समाचार प्रकाशन भएको स्वीकारोक्ति पठाउने, र मेरो विरुद्ध लगाइएका आरोपको आधार तथा स्रोतको विवरण (पत्रकारिता नैतिकताले खुलाउन मिल्ने हदसम्म) उपलब्ध गराउनुस् ।
भविष्यमा मेरो नामसँग जोडिएको कुनै पनि समाचार प्रकाशन गर्नुअघि मेरो भनाइ लिने प्रतिबद्धता जनाउने ।
यदि उपरोक्त समयसीमाभित्र आवश्यक कदम चालिएन भने म मजबुर भएर निम्न कानुनी उपायहरू अपनाउनेछु ।
यदि उपरोक्त समयसीमाभित्र आवश्यक कदम चालिएन भने म मजबुर भएर निम्न कानुनी उपायहरू अपनाउनेछुः
— मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत जिल्ला अदालतमा मानहानि मुद्दा दायर
— विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत साइबर ब्यूरोमा उजुरी
— प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी र तपाईंको संस्थाको दर्ता रद्दको मागस
— सूचना तथा प्रसारण विभागमा लाइसेन्स रद्दका लागि निवेदनस
— उचित क्षतिपूर्तिका लागि दीवानी मुद्दा ।
म आशा गर्दछु कि तपाईंको संस्थाले जिम्मेवार पत्रकारिताको परिपाटी अपनाउँदै यस विषयमा तत्काल र उचित कदम चाल्नुहुनेछ । यो पत्रलाई अन्तिम अवसरका रूपमा लिनुहोस् । कुनै स्पष्टीकरण वा वार्ताका लागि मेरो कानुनी प्रतिनिधिसँग सम्पर्क गर्न सकिनेछ । –कमल प्याकुरेल




