लुम्बिनी प्रदेश

शिक्षा भनेको समाज परिवर्तनको माध्यम हो – अध्यक्ष शाही

बाँके। बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित जनजागरण आधारभूत विद्यालयमा ५५ लाख रुपैयाँको लागतमा चार कोठे नयाँ भवनको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले भवनको शिलान्यास गरेका हुन्।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको नेतृत्वमा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण अनुदान कार्यक्रमअन्तर्गत भवन निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ। शिलान्यास कार्यक्रममा अध्यक्ष शाहीले शिक्षा क्षेत्रमा भवनको महत्वबारे चर्चा गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अबको यात्रा अझ सशक्त र संगठित हुने बताए।

दशकदेखि शैक्षिक पूर्वाधारको कमी झेल्दै आएको जनजागरण आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणपछि शिक्षण सिकाइमा सहजता आउने र विद्यार्थीको उपस्थितिमा सुधार हुने विश्वास गरिएको छ। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायका अगुवाहरूको उपस्थिति थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *