काठमाडौं । भारतको मुम्बइमा उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
पछिल्लो अपडेट अनुसार सांसद भण्डारीलाई नलीबाट खाना दिन सुरु गरिएको तर डिहाइड्रेसनका कारण पिसाव कम र प्लेटलेसमा कमी आएको उपचारमा संलग्न डाक्टर मुकेश मिश्रले जानकारी दिए।
गएराति डाक्टर अमुल मात्रेले दिएको जानकारी अनुसार सांसद भण्डारीको शरीरमा पिसावको मात्रा सामान्य रहेको र अन्य शारीरिक सूचकहरु पनि सामान्य रहेका छन् ।
सांसद भण्डारीलाई हिजो छातीको फिजियो गराइएको र कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको उपचारमा संलग्न चिकित्सकले जनाएको त्यहाँ रहनुभएका नेपाली काँग्रेसका नेता योगराज कँडेलले जानकारी दिए।
सांसद भण्डारीलाई आज प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना पनि रहेको जनाए ।




