रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख, उपसभामुख सहित जनप्रतिनिधिले चाडपर्व खर्च नलिएको स्पष्ट पारेको छ ।
जनप्रतिनिधिले दशैं खर्च बुझेको भन्दै भ्रामक समाचारले सामाजिक सञ्जालमा आलोचना बढेपछि प्रदेश सरकारले अहिलेसम्म कुनै चाडपर्व खर्च नलिएको स्पष्ट पारेको हो ।
मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज विज्ञप्ती प्रकाशित गर्दै लुम्बिनी प्रदेशका जनप्रतिनिधि सहित मन्त्री र मुख्यमन्त्रीले चाडपर्वका नाममा कुनै पनि भत्ता वा खर्च नबुझेको र व्यवस्था पनि नगरिएको जानकारी दिए ।




