खेलकुद

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप छनोटको पूर्वसन्ध्यामा भएको अभ्यास खेलमा नेपाल पराजित भएको छ । बुधबार दिउँसो भएको अभ्यास खेलमा नेपाल आयरल्याण्डसँग १ सय रनले पराजित भएको हो ।

जितको लागि २ सय १ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा अलआउट हुँदै १ सय १ रन बनाएको हो ।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २५ रन बनाउँदा कप्तान इन्दु बर्मा १२ र उपकप्तान पूजा महतो ३ रन बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित २० ओभरमा २०० रन बनाएको थियो । आयरल्यान्डका लागि गेबी लुइसले सर्वाधिक ७७ रन बनाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *