खेलकुद

नेइमारले कमब्याक गरेको खेलमा अल हिलाल विजयी

काठमाडौँ । साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५-४ गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए । त्यसैगरी अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरेका थिए । यस खेलमा खेलको ८२औँ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो ।

यस खेलमा अल हिलालका नेइमारले एक बर्षपछि कमब्याक गरेका थिए । इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७औँ मिनेटमा मैदानमा प्रवेश गर्दै आफ्नो कमब्याक गरेका हुन् ।

यो जितपछि अल हिलालको ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *