खेलकुद

नेदरल्यान्ड्सका लिडेले एनपीएलमा पोखराबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याउने क्रममा लिडेलाई भित्र्याएको जानकारी दिएको छ । यसअघि पोखराले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *