खेलकुद

टोटनह्याममाथि न्यूक्यासलको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा न्यूक्यासलले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

न्युकासल युनाइटेडको जितमा हार्भे बर्नेज र अलेजन्डर इसकले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल न्यूक्यासलका डान बर्नले आत्मघाती गोल गरेका थिए ।

यस सिजनमा यो न्यूक्यासलको दोस्रो जित हो । यो जितपछि न्यूक्यासलले ३ खेलमा ७ अंक हासिल गरेको छ । त्यस्तै टोटनह्यामको भने यस सिजनमा यो पहिलो हार हो । यो हारपछि टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *