खेलकुद

भल्लाडोलिडमाथि रियल म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भल्लाडोलिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा फेडेरिको भाल्भेर्डे, ब्राहिम डियाज र एन्ड्रीकले एक एक गोल गरेका थिए ।

यस सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको रियल म्याड्रिडको यो पहिलो जित हो । यो जितपछि २ खेलमा रियल म्याड्रिडको ४ अंक भएको छ । त्यस्तै भल्ला डोलिडको भने २ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *