खेलकुद

भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा टाइब्रेकरमा भुटानलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो । टाइब्रेकरमा नेपालका लागि राम थापा, अविनास स्याङताङ, सिमान्त थापा र गोलरक्षक जियारथ शेखले गोल गरे। भुटानका लागि ज्याक्सुन दोर्जीको प्रहार मात्र सफल भयो। भुटानका जिग्मे नाङमेल र दोर्जी को प्रहार नेपालका गोलरक्षक जियारथ शेखले विफल पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *