खेलकुद

अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ ।

युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गर्बाजले ७६ र इब्राहिम जद्रानले ७० रनको अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्द नाबीले १४ रनमा अविजित रहँखा अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २र२ र अलेपेश रमजानीले एक विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *