खेलकुद

फागुन २६ गतेदेखि सुरु भएको मणिपाल फुटबल लिग जारी

काठमाडौं । मणिपाल कलेज अफ मेडिकल साइन्समा यहि फागुन २६ गते देखि सुरु भएको मणिपाल फुटबल लिग (यम पि यल) को आयोजना जारी छ । मणिपाल कलेजमा पढ्ने विद्यार्थीहरुका बीच फागुन २६ गतेदेखि सुरु भएको लिग चैत्र ११ गतेसम्म सञ्चालनमा आउने भएको छ । प्रतियोगीतामा अन्तर विभागीय टीमहरु बिच खेल हुनेछ । जसमा मेडिसिन, सर्जरी, एनेस्थेसिया, इमरजेन्सी मेडिसिन, (एम.ओ.) टीम तथा विद्यार्थी र कर्मचारीहरु बिच रोमान्चक खेलहरु हुने आयोजक मणिपाल कलेज अफ मेडिकल साइन्सले जनाएको छ ।

मणिपाल फुटबल लिग २०२४ को आयोजक कमिटीका सदस्य लक्ष्मण आचार्यका अनुसार विद्यार्थी र चिकित्सकबीचको सम्बन्धलाई प्रगाढ बनाउन टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगीता आयोजना गरिएको हो । टोली व्यवस्थापक डा सन्तोष ढकालले भने हामी हाम्रो पहिलो खेल जित्न पाउँदा खुसी छौं। हाम्रो मनोबल उच्च छ र आगामी खेलहरूमा पनि त्यही भावनाका साथ खेल्नेछौं

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *