काठमाडौं । नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिहीबार राति साढे ११ बजे नेपाली टोलीहङकङ प्रस्थान गर्ने भएका छन् ।
‘ कप्तान रोहित पौडेलले युवा खेलाडीलाई महत्त्वपूर्ण अवसर दिएको बताएका छन् । विश्वकप अघि महत्वपूर्ण पनि छ । त्रिकोणात्मक सिरिजको फाइनलमा नेदरल्यान्डसविरुद्द सोचे जस्तो नभए पनि प्रतिस्पर्धा गर्यौं,’ बिदाइ कार्यक्रममा उनले भने । नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खानसहित युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ । त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच हुनेछ ।फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी ९विकेट किपर०, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा रहेका छन् ।




