खेलकुद

टी-२० विश्वकपका लागि नेपाली टीमलाई सरकारको पाँच करोड सहयोग

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपको तयारी गर्न नेपाली टीमलाई सरकारले ५ करोड दिएको छ । आउदो जुनमा आयोजना हुने टी२० विश्वकप २०२४ को तयारीका लागि सरकारले बुधबार नेपाली क्रीकेट टीमको लागि ५ करोड बजेट निकासा गरेको हो ।

नेपाल क्रीकेट संघ (क्यान) ले ऐतिहासिक कदम चालेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङलाई धन्यवाद समेत दिए । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ छ। नेपाल रहेको समूहमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *