खेलकुद

एसियाली खेलकुद खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित

काठमाडौं।एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।

हाङझावको देक्वाइ स्पोर्ट्स सेन्टरमा शनिबार भएको प्रारम्भिक चरणको समूह ‘सी’ को खेलमा नेपालमाथि भियतनामले ३-० को सोझो सेटमा जित हात पारेको हो ।

पहिलो सेट नेपालले कमजोर देखाउदा ४-२५ अंकले पराजित भयो । दोस्रो सेटमा नेपालले खेलमा सुधार ल्याए पनि जित निकाल्न सकेन । दोस्रो सेटमा नेपाल १६-२५ अंकको अन्तरले पराजित भयो ।

तेस्रो सेटमा सुरुवाती अग्रता लिए पनि नेपाल भियतनाम भन्दा कमजोर ठहरियो । नेपाल तेस्रो सेटमा १३-२५ अंकको आधारमा पराजित भयो । अब नेपालले समूहको अन्तिम खेलमा पर्सी सोमबार दक्षिण कोरियासँग खेल्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *