खेलकुद

तेस्रो चरणको लिगमा थ्रीस्टारकाे पहिलो जीत

काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणमा आइपुग्दा थ्रीस्टार क्लबले पहिलो जित निकाल्दै खुमलटारलाई हराएको हो । नव प्रवेशी एफसी खुमलटारको लगातार यो दोस्रो हार हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले बिजयी गराउँदा दुबै गोल अजायी मार्टिन्सले गरेका हुन ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनै मार्टिन्सले ८३ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे।

यसअघि थ्रीटारले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो भने फ्रेण्ड्स क्लबसँग ३–३ को बराबरी गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *