खेलकुद

सन्दिपले लंका प्रिमियर लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी–२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने भएका छन्।

मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले ४० हजार अमेरिकी डलरमा टिममा आबद्ध गरेको हो।

एलपिएलको जारी ड्राफ्टमा १८० विदेशी खेलाडी र १७३ श्रीलंकन खेलाडीको नाम समावेश छ । २०२२ को एलिपएल आगामी जुलाइ ३१ देखि सुरू हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *