खेलकुद

आसिफ शेखले बनाए अर्धसतक

काठमाडौं । नेपालका युवा क्रिकेटर आशिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा अर्को अर्धसतक बनाएका छन् ।

आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उनले अर्धसतक बनाएका हुन् । उनले ५८ बलमा ५० रन बनाएका हुन् ।

शेख ७० बल खेल्दै ६१ रन बनाएर आउट भए । ओपनरका रुपमा मैदान प्रवेश गरेका शेख ६१ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल भने १९ रनमा आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *