खेलकुद

अमेरिकाविरुद्ध व्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको आजको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।

खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । खेल नेपाली समयअनुसार राती सवा ९ बजे शुरु हुँदैछ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा हुने खेलका लागि नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलाको सट्टामा आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारी टोलीमा परेका छन् ।

पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *