खेलकुद

बक्सिङको ‘ड्र’ : नेपालकी सुस्मा तामाङ्गले मंगोलियाकी लान्चिव योनसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । जम्मा ७३ राष्ट्रका ३१० खेलाडीहरूको सहभागिता रहेको आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिताका लागि आज टाईशीट ड्र भएको छ ।

हरेक दिन मई ९ तारिख देखि खेलाडीहरूको तौल र मेडिकल चेकअप वाव होटेलको कन्फरेन्स हलमा सञ्चालन हुनेछ ।

आइबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने जानकारी आयोजकले जनाएका छन् ।

मे ९, १०, १३ र १४ तारिखमा बेलुकाको ६ बजेमात्र प्रतियोगिता सञ्चालन हुनेछन् । बाउट रिभ्यु नहुने जानकारी आयोजकले बताए ।

प्रतियोगितास्थलमा कोचहरूलाई मोबाइल फोन प्रयोग गर्न नपाइने । खेल प्रतियोगिताका लागि रिंंग र प्रतियोगिताका सामग्री स्टिङ्ख कम्पनीको प्रयोग गरिने छन् ।

प्रतियोगितामा विजेता, उप विजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले १,००,०००, ५०,००० र २५,००० अमेरिकन डलरका दरले २ जनाले प्राप्त गर्ने छन् ।

आइबा नयाँ स्कोरिङ्ग मेसिन सञ्चालन सम्बन्धी सेमिनार मई १४ तारिखमा सञ्चालन हुने जानकारी गराइएको छ ।

आज भएको टाई ड अनुसार मिनिमम वैट ४६ देखि ४८ किलो तौल समुहमा नेपालका सँग १० मई को बेलुका प्रतिस्पर्धा गर्नेछिन् । उक्त तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन् ।

त्यसैगरी ५० देखि ५२ किलो तौल समुहमा २८ वटा देशका खेलाडीहरू रहेको उक्त तौल समुहमा नेपालका मिनु गुरुङ्खले जापानका आर किनोशितासँग ११ मईमा दिउसोको समयमा प्रतिस्पर्धा गर्ने छिन् ।

५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनीषासँग ११ मईमा प्रतिस्पर्धा गर्ने सुनिश्चितता गरेकी छन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोबीचको विजेतासँग १५ मेमा हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *