खेलकुद

आइपीएलमा राजस्थान रोयल्सको रोमाञ्चक जीत

काठमाडौं । जारी आइपीएलमा पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले आईपीएलमा सातौँ जित निकालेको छ ।

पञ्जावले दिएको १९० रनको विजयी लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *