खेलकुद

मुम्बईको दोस्रो जित, शीर्ष स्थानको गुजरात स्तब्ध

काठमाडौं । इतिहासकै खराब लयमा रहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकाल्दा शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको छ ।

शुक्रबार राति मुम्बईले दिएको १७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७२ रन बनाउन सक्यो ।

गुजरातका लागि रिद्धिमान साहले सर्वाधिक ५५ रन तथा सुबमन गिलले ५२ रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विनले २ विकेट लिए ।

त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १७७ रनको योगफल तयार पा-यो। मुम्बईका लागि इशान किसनले ४५ रन बनाए । यस्तै, टिम डाभिड ४४ र कप्तान रोहित शर्माले ४३ रन बनाए । गुजरातका राशिद खानले २ विकेट लिए ।

जितसँगै मुम्बई १० खेलबाट ४ अंक जोडेर पुछारमा छ । पराजित गुजरातले ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *