काठमाडौं । नेपालको टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता खस्किएको छ ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको टी–ट्वान्टीतर्फ एक स्थान र एकदिवसीयतर्फ एक स्थान खस्किएको हो ।
टी–ट्वान्टीतर्फ नेपालको वरीयता १२ औं स्थानमा रहेकोमा अहिले १३ औं स्थानमा झरेको छ । वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा इङ्ल्याण्ड र तेस्रोमा पाकिस्तान छन् ।
यस्तै एकदिवसीयमा पनि नेपालको वरीयता एक स्थान तल खस्किएर १९ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १८ औं स्थानमा रहेको थियो ।
एक दिवसीयमा शीर्षस्थानमा न्युजिल्यान्ड, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा छन् ।




