खेलकुद

धोनी बने फेरी चेन्नईको कप्तान

काठमाडौं । चेन्नई सुपर किङ्ग्सको कप्तानी फेरी महेन्द्रसिंह धोनीलाई दिइएको छ ।

रवीन्द्र जडेजाले टिमको कप्तानी गरिरहेको भएपनि जारी आइपिएलमा ८ खेल खेलेपछि धोनी नै कप्तान बनेका हुन् । जडेजाले आफू खेलमा केन्द्रीत हुने भन्दै कप्तानी धोनीलाई फिर्ता गरेको बताइएको छ ।

आइपिएल सुरु भएदेखि नै चेन्नईको कप्तानी गरेका धोनीले यसपालिदेखि कप्तानी छाड्दै जडेजालाई दिने निर्णय गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *