काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जिम्बावे ‘ए’सँगको सिरिज जित्ने लक्ष्य रहेको बताएका छन् ।
जिम्बावे ‘ए’ विरुद्धको खेलअघि प्रतिक्रिया दिदै लामिछानेले टिमको मुख्य लक्ष्य सिरिज जित्नु भएको बताए ।
उनले भने,‘सिरिज जित्ने मुख्य लक्ष्य हो । जिम्बावे ए पनि बलियो टोलीको रुपमा ठानेका छौं । यो सिरिज जितेर समर्थकलाई खुसी दिलाउने योजना छ ।’
नेपाल र जिम्बावे ‘ए’बिचको सिरिजअन्तर्गत एकदिवसीय सिरिजको पहिलो खेल शनिबार बिहान ९ बजे शुरु हुँदैछ ।




