खेलकुद

आइपिएलमा गुजरात टाइटन्सको रोमाञ्जक जीत

काठमाडौं । जारी आइपिएलको आजको खेलमा गुजरात टाइटन्सले रोमञ्चक जित निकालेको छ ।

सनराइजर्स हैदरावादलाई टाइटन्सले ५ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको टाइटन्सका लागि अन्तिम ओभरमा २२ रन आवश्यक रहेका बेला रसिद खानको तिन र राहुल टेवटियाको एक छक्काले २४ रन बनाएपछि विजयी भएको हो ।

हैदरावादका अमरान मलिकले ४ ओभरमा २५ रन दिदै एक्लै ५ विकेट लिए । जितसँगै गुजरात अंकतालिकाको शिर्ष स्थानमै कायमै रहेको छ । पराजित भएको हैदरावाद भने तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *