खेलकुद

आइपिएलमा राजस्थानसँग वैगलोर पराजित

काठमाडौं । आइपिएलको आजको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

रोयल च्यालेञ्जर्स वैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान विजयी हुँदै तालिकाको शिर्ष स्थानमा रहन सफल रहेको हो ।

राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको वैगलोरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्रै बनाउन सक्यो । वैगलोरका विराट कोहली ८ रनमा आउट हुँदा ग्लेन म्याक्सवेल शुन्य रनमा आउट भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *