खेलकुद

आइपिएलमा मुम्बईको लगातार आठौं हार, लखनउ चम्कियो

काठमाडौं । मुम्बई इन्डियन्सले जारी आइपिएलमा आठौं खेलमा पनि पराजित भएको छ ।

मुम्बईलाई लखनउ सुपर जायन्ट्सले ३६ रनले पराजित गरेको हो । लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बई पुरै ओभर खेल्दै १३२ रन मात्रै बनाउन सकेको हो ।

आइपिएलकै इतिहासमा लगातार ८ वटा खेलमा पराजय भोग्ने मुम्बईले नयाँ इतिहास भने बनाएको छ । आइपिएलको सबैभन्दा सफल टोलीका रुपमा रहेको मुम्बईको पराजय ऐतिहासिक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *