खेलकुद

आइपिएलमा मुम्बईको लगातार सातौं हार

काठमाडौं । जारी आइपिएलमा मुम्बई इन्डियन्स लगातार सातौं खेलमा पनि पराजित भएको छ ।

मुम्बईलाई आजको खेलमा चेन्नई सुपर किङ्ग्सले पराजित गरेको हो । चेन्नइले मुम्बईलाई ३ विकेटले पराजित गरेको हो । चेन्नईसँग पराजित भएसँगै मुम्बईको यो सातौ पराजय हो । जारी आइपिएलमा मुम्बईले खेलेका कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन ।

आजको खेलमा मुम्बईले दिएको १५६ रनको विजयी लक्ष्य चेन्नईले ७ विकेटको क्षतिमा पुरै ओभर खेल्दै पुरा गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *